सशस्त्र प्रहरीले लाखौं मुल्य बराबरको भन्सार छलिका सामग्री बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250511-WA0008-scaled

बारा, २८ वैशाख — सशस्त्र प्रहरी बल, सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा करिब १ लाख १४ हजार रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न सामग्री बरामद गरेको छ।डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले बाराको कलैयाबाट काठमाडौँतर्फ जाँदै गरेको टाटा सुमो गाडीलाई जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बढरवा चोकमा रोकेर चेकजाँच गर्दा खजुर, स्निकर चकलेट, चकलेट कलर र ह्यापीडेन्टलगायतका सामग्री बरामद गरेको हो।सशस्त्र प्रहरी बाराले उक्त अबैध सामग्रीलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।सशस्त्र प्रहरीका अनुसार यस्ता कारबाहीहरू नियमित रूपमा तीव्र पारिएको र सीमा क्षेत्रमा भन्सार छलाउने प्रयास रोक्न सतर्कता अपनाइएको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >