सामुदायिक प्रहरी कुम्हालटोल द्वारा बिर्ता प्रहरी कार्यालयको सहकार्यमा नेरामावी नगवामा साइबर अपराध सम्बन्धी प्रशिक्षण प्रदान

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250525_155922991

११ जेष्ठ वीरगन्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा साइबर अपराध सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्ज -१६ नगवामा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा आइतबार आयोजित सो प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले स्कुलका कक्षा ८ र ९ मा अध्ययनरत ७६ जना बिधार्थिहरु लाई वृत्तचित्र को प्रदर्शन गरि साइबर अपराध के के हुन , त्यसले गर्दा हुने समस्या ,हानि नोक्सानीहरु के कस्ता हुन्छन , त्यसको जरिवाना र सजाय हरु के कति छन र त्यसबाट कसरी जोगिन सकिन्छ भनी सामाधान हरुको बारेमा व्यापक रुपमा बताउदै प्रशिक्षण प्रदान गर्दै सम्पुर्ण बिद्यार्थीहरु लाई सचेत रहि सुरक्षित रहन आग्रह गरेका थिए । सो प्रशिक्षण को क्रममा बिद्यार्थीहरुले आआफ्नो प्रश्न, जिज्ञासा् हरु सोधेका थिए भने प्रमुख अतिथी चौलागाईंले राम्रोगरी सम्झाएर सन्तुष्ट पारेका थिए । सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रममा विधालयका प्रधानाध्यापक रामनारायण मिश्र,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,मुनलाइट स्कुलका निर्देशक श्याम केसि,सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल ,सहकोषाध्यक्ष प्रमोद कुशवाहा,सदस्यहरु सावित्री भुमिहार,तारा विष्ट ,ज्ञानमाया रायमाझी ,सुशिल श्रीवास्तव,प्रहरी हवल्दार कुमार विक ,प्रज रेनु यादव, स्कुलका शिक्षक सरिता खडगी लगायत शिक्षक,विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझिले गरेका थिए ।

ताजा खबर

लोकप्रिय

मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च बाराको तदर्थ समिति गठन

मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च नेपालको बारा जिल्ला तदर्थ समिति गठन भएको छ । मञ्चका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दामोदर शर्माको विशेष उपस्थितिमा परवानीपुरमा भएको

पुरा पढ्नुहोस >

बिश्रामपुर गाापाको १७ औ गाउँसभा सम्पन्न, ३२ करोड १० लाखको बजेट प्रस्तुत

बिश्रामपुर गााउँपालिकाको १७ औ गाउँसभा शनिबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा नै एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८२/०८३ को बजेट ३२ करोड १० लाख

पुरा पढ्नुहोस >

बगरमा गाडिएको अवस्थामा ११ सय किलो गाँजा फेला, प्रहरीद्वारा अनुसन्धान तीव्र

विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ ।भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर

पुरा पढ्नुहोस >