सामुदायिक प्रहरी कुम्हालटोल द्वारा बिर्ता प्रहरी कार्यालयको सहकार्यमा नेरामावी नगवामा साइबर अपराध सम्बन्धी प्रशिक्षण प्रदान

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250525_155922991

११ जेष्ठ वीरगन्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा साइबर अपराध सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्ज -१६ नगवामा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा आइतबार आयोजित सो प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले स्कुलका कक्षा ८ र ९ मा अध्ययनरत ७६ जना बिधार्थिहरु लाई वृत्तचित्र को प्रदर्शन गरि साइबर अपराध के के हुन , त्यसले गर्दा हुने समस्या ,हानि नोक्सानीहरु के कस्ता हुन्छन , त्यसको जरिवाना र सजाय हरु के कति छन र त्यसबाट कसरी जोगिन सकिन्छ भनी सामाधान हरुको बारेमा व्यापक रुपमा बताउदै प्रशिक्षण प्रदान गर्दै सम्पुर्ण बिद्यार्थीहरु लाई सचेत रहि सुरक्षित रहन आग्रह गरेका थिए । सो प्रशिक्षण को क्रममा बिद्यार्थीहरुले आआफ्नो प्रश्न, जिज्ञासा् हरु सोधेका थिए भने प्रमुख अतिथी चौलागाईंले राम्रोगरी सम्झाएर सन्तुष्ट पारेका थिए । सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रममा विधालयका प्रधानाध्यापक रामनारायण मिश्र,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,मुनलाइट स्कुलका निर्देशक श्याम केसि,सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल ,सहकोषाध्यक्ष प्रमोद कुशवाहा,सदस्यहरु सावित्री भुमिहार,तारा विष्ट ,ज्ञानमाया रायमाझी ,सुशिल श्रीवास्तव,प्रहरी हवल्दार कुमार विक ,प्रज रेनु यादव, स्कुलका शिक्षक सरिता खडगी लगायत शिक्षक,विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझिले गरेका थिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >