सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250530_205542

पर्सा । सशस्त्र प्रहरी बल नेपाल विभिन्न बी.ओ.पी. बाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको १३,८०,९६० रुपैयाँ बराबरको विभिन्न सामान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।मिति २०८२ साल जेठ १६ गते बीरगंज महानगरपालिका–२५ स्थित चण्डालचोकबाट प्रदेश २–०३–००१ स ४२६४ नम्बरको ई–रिक्सामा लोड गरि ल्याइएको करिब २,७०,००० रुपैयाँ बराबरको मोटर पार्ट्स र २,००,००० रुपैयाँ बराबरको ई–रिक्सा नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।त्यसैगरी, विशेष सूचनाका आधारमा बीरगंज म.न.पा.–१६ स्थित नगवा गाउँको डम्पिङ साइटमा सशस्त्र प्रहरी प्र.सी.सु.गुल्म बीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएका मोबाइल पार्ट्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज लगायत ८,३६,९५० रुपैयाँ बराबरका सामान चारवटा साइकलमा लोड गरि ल्याइँदै गरेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।यसै क्रममा भगुवा तथा नगवा क्षेत्रबाट ७३,८०० रुपैयाँ बराबरका कपडा र किराना सामग्री समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >