बारा विश्रामपुरमा २५ लाख लागतको सडक ढलान कार्यको शिलान्यास

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250530_204838213

वीरगञ्ज- १६ जेठ,। बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर १ स्थित धनुका टोल र छतवा जोड्ने सडक ढलान कार्यको शुक्रबार औपचारिक शिलान्यास सम्पन्न भएको छ। पूर्वमन्त्री तथा माननीय जितेन्द्र सोनलले एक कार्यक्रमका बीच विधिवत् पूजापाठ गरी सडक ढलानको शिलान्यास गरेका हुन्।यो सडक ढलान कार्य पूर्वमन्त्री सोनलको विशेष पहलमा मधेस प्रदेश सरकारबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। यसले स्थानीय बासिन्दाको आवतजावतमा सहजता ल्याउने अपेक्षा गरिएको छ।शिलान्यास कार्यक्रममा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अलि भुटो, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य रामजी महतो, लोसपा मधेस प्रदेश सदस्य श्रीकृष्ण साह, वडा अध्यक्ष सन्तोष पटेल, अजय गुप्ता, अनिल गुप्ता, लडु पटेल, शेषनाथ कुशवाहा, भोला साह सोनार, जंगबहादुर कुशवाहा, मञ्जुर आलम लगायतका स्थानीय भद्रभलादमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >