वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1748617988041

१६ जेष्ठ वीरगन्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ९ सय थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताएका छन । वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि तथा वीरगन्ज महानगर वडा -९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ताको बिशिस्ट आतिथ्यमा सप्पन्न सो कार्यक्रममा अतिथिहरु बिपिएस कलेजका प्रीन्सिपल दिपक पटेल , सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता – अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी हुकुम सिंह राजपुत,सतिश सिंह राजपुत ,कमल अधिकारी ,दिपेन्द्र प्रसाद साह,राजेन्द्र भट्टराई ,संस्थाका उपाध्यक्ष प्रकाश थारु, मोनिका सिंह ,कोषाध्यक्ष मनोज मिश्रा , सदस्यहरु जानकी देवि,नवराज भट्टराई ,अभिलाष गुप्ता ,केदार गुप्ता, सन्चारकर्मी राज सराफ,राहुल गुप्ता,अर्जुन चौधरी लगायतको सहभागिता रहेको थियो । सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि शनिबार बाहेक प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सामाग्री सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ । हामी सम्पुर्णले दिन दुखी असहायको सेवा सहयोगमा आफ्नो आम्दानिको ५ देखि १० प्रतिशत रकम खर्चिनु पर्ने बानी बसाली मानवता बलियो बनाउन आग्रह गर्नु भयो । वडाअध्यक्ष गुप्ताले हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने भन्दै वीरगन्ज कपडा बैंकको सुकार्यको खुलेर प्रसंशा गर्दै सम्पुर्ण लाई आआफ्नो ठाउबाट दिनदुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै बैंकको नेक कार्यमा आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । अध्यक्ष सिंहले मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक , सल्लाहकार,पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गरेका थिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >