रौतहटको परोहा नगरपालिकाले ९ औं नगर सभा भव्यताका साथ मंगलवार सम्पन्न

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250624-WA0009

रौतहटको परोहा नगरपालिकाको प्रशासकीय भवनमा मंगलबार आयोजित ९ औं नगरसभाका बिच नगरप्रमुख शेख वकिले अगामी आर्थीक बर्ष २०८२ र २०८३ को नीति तथा कार्यक्रमको साथ आर्थीक आय व्यय सार्वजनिक गर्नु भएका छन् ।नगर सभाको सम्बोधन गर्दै मेयर वकिलले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, समाजिक विकास तर्फ लगायत सबै क्षेत्रमा उल्लेखनिय प्रगति गर्दै परोहा नगरपालिकाका राज्यमै एउटा उदाहरणको रुपमा उभिदै गएको हुँदा यो सबै स्थानीय नागरिकको कारण सम्भव भएको बताए ।नगरप्रमुख वकिलले अगामी आर्थीक बर्ष २०८२ र २०८३ मा संघिय, प्रदेश र आन्तरिक आय गरेर ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाको बजेट प्रस्तुत गर्नु भएका छन् ।कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले परोहा नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई लगायतका आवश्यक सम्पूर्ण पूर्वाधारहरुको विकास गरिएको हुँदा यहाँका स्थानीय सरकारबाट प्रवाह भईरहेको सेवाबाट यहाँका नागरिकहरु पूर्ण सन्तुष्ट रहेको बताउनु भएका छन् ।उपप्रमुख सुगान्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज, इन्जिनियर दिपेन्द्र यादव, वडाध्यक्ष र वडा सचिवले ९ औं नगर सभाको पूर्ण सफलताको कामना गर्दै परोहा नगरपालिका स्थापना काल देखि नै विभिन्न विकास निर्माण देखि लिएर हरेक क्षेत्रमा देखाएको अग्रिणी भुमिकाका कारण आज चौतफी सराहना भईरहेको बताए ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >