सर्लाहीको बरहथवा घटनामा पीडितको पक्षमा उभिने : पूर्वमन्त्री सिंहको चेतावनी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250625-WA0001

असार ११ गते सर्लाही । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको बरहथवा घटनामा पीडित परिवारमाथि अन्याय भए कडा आन्दोलनको चेतावनी दिएका छन्।बरहथवा नगरपालिका–४ खैराटोलमा यही असार महिनाको शनिबार बिहान सडक विस्तारको क्रममा भएको झडपमा आठ जना स्थानीय घाइते भएका थिए।घाइतेमध्ये टीकाबहादुर कार्की, कुलबहादुर कार्की, सञ्जय कुशवाह, रमेश महतो, इन्दु देवी, प्रदीप कुशवाह, अनिल कुशवाह र उमेश महतो रहेका छन्। झडपमा केही सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ।पूर्वमन्त्री सिंहले मंगलबार घटनास्थल पुगेर घाइते तथा पीडित परिवारसँग भेटघाट गरेका थिए।भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, “पीडितलाई पिडक बनाउने प्रयास भए कांग्रेस चुप लागेर बस्ने छैन। आवश्यकता परे कडा आन्दोलनमा जानेछौं।”सिंहले बरहथवा घटनामा सत्य, तथ्य र निस्पक्ष ढंगले छानबिन गरिनु पर्नेमा जोड दिएका छन्।“जो सुकै पार्टीको, जुनसुकै हैसियतको व्यक्ति किन नहोस्, यदि दोषी पाइएमा कडा भन्दा कडा कारबाही गर्नुपर्छ,” पूर्वमन्त्री सिंहको भनाइ थियो।उनले अराजकता फैलाउने, संरक्षण दिने र घटना गराउने व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी कारबाहीको माग गर्दै गृह मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालयमार्फत अनुरोध पनि गरेका छन्।पूर्वमन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले , “सर्लाहीमा यस्ता लगातार घटिरहेका आपराधिक घटनाले जनतामा गहिरो त्रास सिर्जना गरेको छ। साथै, सुरक्षा निकायप्रति जनविश्वास कमजोर बनिरहेको छ।”यसअघि सडक विस्तारका क्रममा केही महिलामाथि भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थानीय स्तरमा आक्रोश चुलिएको थियो।भिडियोमा केही पुरुष र महिलाले एउटी महिलालाई लछारपछार पारेको देखिएको थियो।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >