
वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम’ का बीच जिल्ला कमिटी घोषणा गर्नुका साथै ठुलो संख्यामा विभिन्न पार्टी परित्याग गरी आएका कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरिएको छ।
जिल्ला अध्यक्ष गगन देव राउत ‘अहिर’ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीको नीति, सिद्धान्त र एजेन्डाप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू जन अधिकार पार्टीमा प्रवेश गरेका हुन्।
जिल्ला कमिटीको घोषणा र जिम्मेवारी बाँडफाँड कार्यक्रमको अवसरमा जिल्लाको नयाँ कार्यसमिति सार्वजनिक गरिएको थियो। जसको युवा जन अधिकार माहानगर वरिष्ठ अध्यक्षमा संजय साह तुराहा, वरिष्ठ उपाध्यक्षमा राजन साह र सचिवमा लोकेश कर्णलाई जिम्मेवारी सुम्पिएको छ।
पार्टी प्रवेश र संगठन सुदृढीकरणनवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष गगन देव राउतले अबको विकल्प ‘जन अधिकार’ मात्र रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “आजको यो विशाल कार्यकर्ता भेटघाट र पार्टी प्रवेशले पर्सामा हाम्रो शक्ति स्थापित भएको छ। हामी अब टोल-टोलमा पुगेर जनताको अधिकारका लागि लड्नेछौँ।” जन अधिकार पार्टी को घोस्ना गरेको छ ।

