परवानिपुर आमा छोरा हत्या प्रकरण : बुहारीले दुबैई बाट प्रेमि बोलाएर हत्या गराए ,प्रेमि पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260129_072937190

बारा । बाराको परवानीपुर गाउँपालिका १ की २३ वर्षीया मनिता देवी मण्डल र उनका प्रेमी प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी धमेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

परवानीपुर गाउँपालिका–१ रहरियाडमा प्रेम सम्बन्धका कारण एकै परिवारका दुई जनाको निर्मम हत्या भएको छ भने दुई जना घाइते भएका छन्।

मनिता देवी मण्डलले प्रेमी धमेन्द्रसंग मिलि २८ वर्षीय श्रीमान् रामेश्वर मण्डल र ४६ वर्षीया सासु सुमिन्त्रा देवीलाई योजना बनाई आज धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उक्त घटनामा ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार धमेन्द्र महतो वैदेशिक रोजगारको सिलसिलामा दुबईमा कार्यरत रहेका थिए। माघ १२ गते काठमाडौँ आइपुगेपछि उनले मानितासँग मिलेर उक्त घटना घटाएको खुलेको हो। घटनाको मुख्य योजनाकार मानिता देवी मण्डल रहेको बाराका प्रहरी एवम् प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो।

घटनापछि प्रहरीले मानितालाई घरबाट र धमेन्द्रलाई वीरगञ्जबाट पक्राउ गरेको हो। हाल दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >