जनकपुरधामबाट अयोध्यास्थित रामदरबारमा कोसेली पठाइँदै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
415480896_881051277051077_7798999479772140911_n

बीरगंज- १९ पुस अयोध्यामा निर्माण राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जनकपुरधामबाट आज भार (कोसेली) पठाइँदै छ । सीताको माइतीघरबाट रामको दरबारमा पठाइने कोसेलीमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री रहने बताइएको छ ।नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको पवित्र जलसहितको कलशलाई अभिषेकका लागि गत साता अयोध्या पठाइएको थियो । जानकी मन्दिर प्राङगनमा कोसेली तयारी अवस्थामा राखिएको बताउँदै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले, भार लिएर आज बिहान ८ बजे जनकपुरधामबाट निस्किने कार्यक्रम रहेको बताए ।बिहान भार लिएर जनकपुरधामको परिक्रमा गर्ने र  त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै वीरगन्जमा रात्रि बास बस्ने उनले बताए । शुक्रबार रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर हुँदै अयोध्या पुग्ने बताइएको छ ।शनिबार बिहान ९ बजे भारलाई राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने गरी जनकपुरका लागि फर्किने योजना रहेको उनको भनाई छ ।

ताजा खबर

लोकप्रिय

लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका

पुरा पढ्नुहोस >

पर्सामा जन अधिकार पार्टीको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी

पुरा पढ्नुहोस >

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४

पुरा पढ्नुहोस >