अवैध लागूऔषध चरेशसहित पाँच युवा पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1617522026_pakrau

वीरगंज – १ माध। अवैध लागूऔषध चरेशसहित पाँच जना पक्राउ परेका छन्। करिब ८ किलो ८ सय ग्राम अवैध लागूऔषध चरेशसहित नहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका- ३ बस्ने २० वर्षीय मुकेश राम भन्ने मुस्की राम, पर्सा वीरगज उपमहानगरपालिका-२१ बस्ने २० वर्षीय ईरमान आलम र सोही ठाउँ बस्ने २१ वर्षीय सोयल मिंया रहेका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका- ७ मा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना।३ च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई ३ सय ग्राम चरेश जस्तो देखिने वस्तुसहित पक्राउ गरेको थियो।थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध रामनारायणसँग लिएको खुल्न आएपश्चात् उनको घरबाट थप ८ किलो ५ सय ग्राम चरेश बरामद गरी रामनारायण र कारमा सवार याकुब समेत चार जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका

पुरा पढ्नुहोस >

पर्सामा जन अधिकार पार्टीको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी

पुरा पढ्नुहोस >

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४

पुरा पढ्नुहोस >