लागू औषध सहित रिक्सा चालक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240117-171511_Facebook

वीरगन्ज । वीरगन्जमा प्रहरीले ठुलो परिमाणमा नेपालमा प्रतिबन्धित लागू औषध सहित एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ ।लागू ओैषधसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने वर्ष ५० वर्षिय बब्लुलाल कर्ण रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर पानीटंकीस्थित सडक चेकजाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको झोलामा लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी  १५ सय एम्पुल लागू ओैषध फेला परेपछि उक्त रिक्साका चालक कर्णलाई  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। लागु औषध सहित पक्राउ परेका कर्णलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको थापाले बताए  ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >