प्रादेशिक अस्पताल गौरका पुर्व मे.सु कृष्ण साह अदालतको निर्णयको अवज्ञा गर्दै निरंतर रुपमा अस्पतालमा हाजिरी गर्दै आएको देखिएको छ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-01-23 at 20.09.28_a73a4683

प्रादेशिक अस्पताल गौरका पुर्व मे.सु कृष्ण साह अदालतको निर्णयको अवज्ञा गर्दै निरंतर रुपमा अस्पतालमा हाजिरी गर्दै आएको देखिएको छ

बितेको कार्तिक १४ गते मितिमा अदालतले जारी गरेको अन्तरिम आदेश अन्तर्गतका दुबै पक्षलाई रोहवरमा राखी छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त देखिएको बताइएको छ । निर्णयमा निवेदक र विपक्षी बिच कार्तिक २० गते छलफलको मिति तोकिएको थियो ।

तोकिएको मितिमा छलफल भै अर्को निर्णय नहुन्जेलसम्म सुविधा र सन्तुलनको आधारमा मिति २०८०/६/३० मा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट यी निवेदक र विपक्षी डा. कृष्ण साहलाई कामकाज गर्न खटाउने गरि भएको निर्णय कार्यान्वयन नगर्न नगराउन भनी विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको थियो ।

सोको जानकारी विपक्षी डा. साहलाई समेत गराएको हुदा पनि अदालतको निर्णयको अवज्ञा गर्दै अस्पतालमा हाजिरी गर्दै आएको देखिएको छ ।


पूर्व मे. सु. डा. कृष्ण साह ठुल ठुला राजनीतिकर्मिहरुसंगको पहुच तथा राजनीतिक चलखेलका कारण अदालतको निर्णय विपरीत कार्य गर्न साहश गरेको प्रादेशिक अस्पताल गौर रौतहटका व्यवस्थापन समितिका अध्यक्ष मो.अनवर हाशमीले आरोप लगाएका छन ।


दुई मे.सु. बिचको विवादका कारण अस्पताल लगायत कार्यरत कर्मचारीहरुले खेपनु पर्ने समस्या लगायत सेवा लिने आम सर्वसाधारण जनसमुदायलाई कठिनाई भोगनु पर्ने कारण एक मात्र मे. सु. कृष्ण साह रहेको अध्यक्ष मो.हाशमीले बताए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >