ब्रह्मस्थान र हनुमान मन्दिरमा आगजनी, दोषी खोज्दै प्रहरी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
image

बीरगंज – १० माघ : भारतीय सीमानाकासँग जोडिएका रौतहटको  ईशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको छ।

भारतको अयोध्यामा राममन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुई दिन नबित्दै रौतहटको दक्षिणी भेग पर्ने ईशनाथ नगरपालिका-५ जयहारा गाउँमा रहेको सामुदायिक विद्यालयको १०० मिटर पछाडि रहेका ब्रह्मस्थानमा अज्ञात व्यक्तिले आगजनी गरेको हो।आगजनीको घटना सार्वजनिक भएलगत्तै त्यस क्षेत्रका नेतृत्व गर्ने प्रतिनिधिसभा सदस्य किरणकुमार साह, नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सहितको टोली घटनास्थल पुगेको छ।विगत लामो समयदेखि रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा दुई समुदायबीच विभिन्न विषयमा पटक-पटक विवाद हुँदै आएको कारण यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष चासो देखाएको छ।जटहरा गाउँछेउ मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार बिहान सार्वजनिक भएको थियो।आगलागीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन्। कसैले पराल राखेर मंगलबार राति दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ। घटनाबारे स्थानीयले बुधबार बिहान देखेर प्रहरीलाई खबर गरेका थिए।त्यसलगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गरेको प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छन्।सामाजिक सद्भाव बिगार्न यस्ता अराजक गतिविधि गर्ने दोषीलाई खोजतलास गरी कडाभन्दा कडा कारबाही गर्न सांसद साहले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन्।आगलागीबाट क्षतिग्रस्त हनुमानजीको उक्त मूर्ति २५  वर्षअघि स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन्।ब्रहमस्थानमा बुधवार बिहान हजारौं मानिस जम्मा भएका थिए। उनीहरूले धार्मिक आस्थामाथि कुठाराघात गर्नेलाई अविलम्ब पक्राउ गर्न माग गरेका छन्।

सांसद किरण साहले जम्मा भएका हजारौं मानिसलाई शान्त रहन आग्रह गर्दै दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन त्यहाँ पुगेका एसपी श्रेष्ठलाई अनुरोध सहित निर्देशन दिएका थिए।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >