४२ लाख ४४ हजार मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240130-132329_1

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले साढे ४२ लाख मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार विशेष सूचनाको आधारमा प्रहरीले चलाएको जाँच अभियान अन्तर्गत जिल्लाको पथलैयाबाट ट्रकसहित खुद्रा समान बरामद गरेको हो ।
वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३५५९ नम्बरको ट्रकबाट विल बिजकभन्दा बढी लोड रहेको खुद्रा समान पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेको ट्रकसहित खुद्रा समान कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ । प्रहरीले ट्रकबाट ४० लाख ४४ हजार ७२७ रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको उल्लेख गरेको छ । यसैगरी प्रहरीले जिल्लाको आदर्शकोतवाल गाउँपालिकाबाट २ लाख मूल्य बराबरको बिल नभएको गुट्खा र चुरोट समेत नियन्त्रणमा लिएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >