बीरगंज– ठगी आरोपमा पक्राउ परेका एक युवाले डेढ वर्षमै १ अर्ब ४९ करोड भन्दा बढीको कारोबार गरेको पाइएको छ।
१ अर्ब ४९ करोडको अवैध कारोबार गर्ने व्यक्ति हुन् सप्तरीको राजविराज नगरपालिका–१० डुम्रीका २६ वर्षीय डम्बर साह। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।
अनलाइन ठगीको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनले विभिन्न व्यक्तिहरुलाई पार्सल पठाइदिन्छु भन्दै ठगी गरेका थिए। साहले आफैंले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट गु्रप एण्ड डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लेअरमा रकम पठाउन लगाउने गरेका थिए।


