बसले किचिएर बारामा २ वर्षिया बालिकाको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
accident

बीरगंज – २४ माघ। बारामा बसले किचिएर २ वर्षिया बालिकाको मृत्यु भएको छ । जिल्लाको सुवर्ण गाउँपालिका वडा नं ३ संजगंजमा यात्रुवाहक बसले किचिएर बालिकाको मृत्यु भएको हो ।
कलैयाबाट संतगंज जादै गरेको ना ३ ख ९९९० नंबर ( बाबा डिलक्स ) को यात्रुवाहक बसले किचिएर त्यही बसमा सवार रहेकी २ वर्षिया बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं ८ बस्ने अन्तिमा कुमारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले रुटिन अफ बारा अपडेट लाई जानकारी दिए ।

मृत बलिका आफ्नो आमासँग कलैयाबाट मामाघर भारतको अठमुहान जादै थिईन्। बसबाट तल झरेर जाने क्रममा बसले किचिएर गम्भीर घाइते भएकी अन्तिमालाई प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन।मृत्यु पछी संतगंजको अवस्था तनावग्रस्त बनेको थियो भने स्थानियहरुले बसमा आगजनी र तोडफोड गरेका थिए। बस चालक कलैया उपमहानगरपालिका वडा नं २७ बस्ने ४० वर्षिय मुरारी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >