मधेस प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1583836126embost_ueN32aewxm

बीरगंज| मधेस र काेशी प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले यी दुवै प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा १ फागुनदेखि इम्बोस्ड नम्बर प्लेट लागु गरिएको जानकारी दिएको छ । अन्य प्रदेश कार्यालयमा भने यसअघि नै यो व्यवस्था लागु भइसकेको छ ।

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी र मधेस प्रदेशका लागि नयाँ सवारी दर्ता र सवारी नामसारीमा १ फागुन २०८० बाट इम्बोस्ड नम्बर लागु हुने जानकारी गराएको हो ।

सवारी दर्ता प्रमाणपत्र नवीकरणको हकमा भने १ जेठ २०८१ बाट यो नियम लागु हुने भएको छ ।सार्वजनिक सवारी, पर्यटक सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारी साधनमा इम्बोस्ड नम्बर लागु हुने मन्त्रालयले जनाएको छ ।

यस्ता सवारी साधनका धनीले तोकिएको मिति अगाडि नै इम्बोस्ड नम्बर लगाउन चाहेमा भने यातायात कार्यालयले त्यसको अनुमति दिन सक्ने समेत मन्त्रालयले जनाएको छ ।

नम्बरमा प्रदेशको नाम राख्नु पर्ने र यसअघि कोशी र मधेस प्रदेशको नामाकरण नहुँदा सुरुवातमा दुई प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको थिएन ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >