धनगढी : कञ्चनपुर प्रहरीले पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको छ। शनिवार बिहान पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो कुँवरलाई समेत नियन्त्रणमा लिएको हो।पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीका अनुसार शनिवार दिउँसो कुँवरलाई समेत प्रहरीले पक्राउ गरेको हो। उनी विरुद्धमा पनि विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो।
शनिवार बिहान जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट उनलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, कञ्चनपुर प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन।


