सडकमा शव राखेर आफन्तजनद्वारा प्रदर्शन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240217-140353_Facebook

हुलाकी राजमार्ग अन्तर्गत इनर्वा चौकको बिच सडकमा शव राखेर शुक्रबार आफन्तजन,परिवार तथा स्थानीयले प्रदर्शन गरेका छन् ।अज्ञात सवारी साधनले ठक्कर दिएका घाइतेको उपचारका क्रममा मृत्यु भएपछि उनीहरुले प्रदर्शन गरेका हुन् ।सरस्वती पूजाको दिन पूजा गराउन साइकलमा सदरमुकाम कलैया जाँदै गरेका बाराको महागढीमाई नगरपालिका–२ घर भएका हरेन्द्र मिश्रालाई पसाह पुल नजिकै अज्ञात गाडिले ठक्कर दिएको थियो । घटनामा उनी घाइते भएका थिए ।उनको उपचारको क्रममा बिहीबार राती मृत्यु भएको हो । यस पछी परिवारजन तथा आफन्तले शुक्रबार हुलाकी राजमार्गअन्तर्गत इनर्वा चोकमा शव राखेर प्रदर्शन गरेका छन् ।उनीहरुले सवारीसाधनको पहिचान हुनुपर्ने माग गरेका छन् । मृतकलाई क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाही गर्नु पर्ने माग उनीहरुको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >