बाराका फेटा गाउँपालिकामा  दादुरा रुबेला विरुद्धको खोप अभियान कार्यक्रम

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240222-WA0003

बारामा फेटा गाउँपालिका फागुन ८ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यालय फेटा गाउँपालिका स्वास्थ्य शाखले यही फागुन ८ गते देखि  अभियान सञ्चालन गर्न लागेको हो । जनस्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ । फेटा गाउँपालिका स्वास्थ्य शाखाले ९ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार तयारी भएको स्वास्थ्य कार्यालय प्रमुख राय मनोहर साहले बताएका छन । जनस्वास्थ्य कार्यालय फेटा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राय मनोहर साहले यो खोप अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले कुनै पनि बालबालीका नछुट्ने गरी काम गर्न पनि  निर्देशन दिनुभएको छ। सरकारले सन् २०२६ सम्म दादुरा रुबेला रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०१३ मा पहिलो पटक दादुरासँगै रुबेला विरुद्धको खोप लगाइएको थियो । दादुरा र रुबेला दुवै भाइरसबाट बालबालिकामा सर्ने सरुवा रोग हुन् । फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीको अध्यक्षतमा भएको कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष निलम साह, वाड नं १ का वाड अध्यक्ष विगायन दास, वाड नं ५ का वाड अध्यक्ष पप्पु सिंह, वाड नं ३का वाड अध्यक्ष पहलाद साह, योजना प्रमुख जकिर हुसैन, प्रशासन प्रमुख सुशील साह, शिक्षा प्रमुख अलि हुसैन, लगायत कार्यपालिका सदस्य र शिक्षाक लगायत वर्गका उपस्थित रहेको थियो।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >