अबदेखि चुनावअघि कसैले गठबन्धन गर्दैन : गगन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Gagan-Thapa_8IilDUATgu

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन्। आइतबार ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन्।

उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए। उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ? भन्ने कुरा समयसँगै खुल्दै जाने पनि बताए।

उनले केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको बताए। उनले चुनाव अघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताए। उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए।

उनले भने, ‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला। एउटा कुरा मलाई खुशी लागेको छ। यो चुनाव भन्दाअघि पार्टीहरु मिलेर, चुनावमा जाने। खास त्यो पार्टीहरु मिल्ने नै होइन, नेताहरु मिल्ने हो। नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो। थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन।’

महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाए।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >