पर्सा प्रहरीद्वारा करिब ५ लाख बराबरको खाद्यान्न तथा हरियो तरकारी पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240401_175450

बिरगंज ,१९ चैत ।पर्सा प्रहरीले तस्करीका खाद्यान्न तथा हरियो तरकारी बिरगंजका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु.४ लाख ८९ हजार ८ सय ५० बराबरका भारतबाट अबैध तरिकाले नेपाल भित्र्याएका गोलभेडा, कटहर, हरियो खुर्सानी,मैदा र पापडहरू पक्राउ गरेको जनाएको छ।

आइतबार वीरगञ्ज म.न.पा.वडा नं.१६ नगवा स्थित सडकखण्डबाट दुई लाख एकासी हजार साठी रुपैयाँ बराबरको हरियो खुर्सानी-८८९ के.जी., गोलभेडा-२३५० के.जी., कटहर-३५०० के.जी.पर्सा प्रहरीले बरामद गरेको छ। त्यस्तै , वीरगञ्ज म.न.पा.वडा नं.१  छपकैया स्थित सडकखण्डको छेउमा भारतबाट भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भन्डारण गरी राखेको दुई लाख आठ हजार सात सय नवे  रुपैयाँ बराबरको मैदा २३०० के.जी., पापड १२८ के.जी., सुरवालको थान कपडा-६९७ मिटर बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए ।

बरामद गरिएको समान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको डिएसपी थापाले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >