गैरकानुनी तवरले नेपालमा बसिरहेका तीन बंगलादेशी नागरिक पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गएको बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा २७ वर्षीय राना अहमद, २४ वर्षीय रोकिब हुसेन र ३० वर्षीय सुमन शाजहान छन् ।उनीहरू भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसिरहेका थिए ।
ठमेल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका निम्ति अध्यागमन विभागमा पठाइएको छ । यसअघि पनि पाँच बंगलादेशी नागरिक पक्राउ परेका थिए ।


