कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
health-ministry-swasthya-mantralaya

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाही गर्ने जनाएको छ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने जनाएका हुन्। उनले अबदेखि कार्यालय समयमा नभेटिने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई कानूनबमोजिम कारवाही गर्ने बताए।

स्वास्थ्य सचिव बुर्लाकोटीले जारी गरेको निर्देशनमा स्वास्थ्य सेवा विभागलगायतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हाजिरी हेर्दा कार्यालयमा हाजिर भएको देखिने, तर कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने पाइएकाले सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो प्राप्त भएको उल्लेख छ। 

‘यसरी कार्यालय समयमा आफ्नो कार्यकक्षमा उपस्थिति नहुनु प्रचलित कानून, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी संयमित रही आफ्नो पदीय मर्यादा, आचारण र अनुशासन एवं विधिको पालना गर्नुहुन निर्देशन दिइएको छ’, निर्देशनमा भनिएको छ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >