प्रधानमन्त्री प्रचण्डलाई भेटेरै सांसद यादवले मागे वीरगन्जका लागि विशेष प्याकेज

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
prachand

वीरगन्ज | पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले वीरगन्जसहित आफनो निर्वाचन क्षेत्रको लागि आगामी बजेटमा विशेष प्याकेज समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग माग गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमै प्रधानमन्त्री प्रचण्डलाई भेटेर सांसद यादवले वीरगन्जसहित आफनो निर्वाचन क्षेत्रका लागि विशेष प्याकेज संघीय सरकारको आगामी बजेटमा समावेश गर्न माग गरेका हुन् । विकास निर्माण, स्वास्थ्य,शिक्षा, खानेपानी, पर्यटन,कृषि,खेलकुद लगायतका विभिन्न योजना र त्यसमा लाग्ने रकमको सूची नै बनाएर सांसद यादवले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक समेत रहेका यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा नारायणी रंगशालाको मर्मत सम्भार र स्तरोन्नत्ती, नारायणी अस्पतालको भवन निर्माण र स्तरोन्नत्ती,घडीअर्वा पोखरी पार्कको स्तरोन्नत्ती, ठाकुरराम बहुमुखी क्याम्पसको भवन मर्मत सम्भार र रंगरोगन तथा छात्रावास निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा व्यवस्थापन गर्न माग गरिएको छ । यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा निर्माण गर्न लागिएको पर्सा प्राणी उद्यान (चिडिया खाना)को निर्माणका लागि १० करोड रुपैयाँ तथा वीरगन्ज–१५ मा डिपिआर बनिसकेको लक्ष्मणवा र्पाक निर्माणका लागि ७ करोड रुपैयाँपनि नयाँ बजेटमा व्यवस्थापन गर्न यादवले माग गरेका छन् ।

यसैगरि निर्वाचन क्षेत्र १ मा पर्ने विभिन्न वडामा कालोपत्रे सडक निर्माण , विभिन्न चार वटा खोलामा पुल निर्माण, महानगरका विभिन्न १८ वटा वडामा खानेपानीका लागि डिप बोरिङ जडान, सिर्सिया नदी र भेडाहा खोलामा तटबन्ध निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा समावेश गर्न सांसद यादवले प्रधानमन्त्री प्रचण्डसंग माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले देशकै प्रमुख आर्थिक नागरी वीरगन्जसहित त्यसक्षेत्रको विकास र समृद्धिका लागि आफनो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको सांसद यादवले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >