वीरगन्जमा राष्ट्रिय स्तरको चेस प्रतियोगीता सुरु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
chess-1

वीरगन्जमा सोमबारदेखि राष्ट्रिय स्तरको बुद्धिचाल(चेस) प्रतियोगीता सुरु भएको छ । नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा प्रतियोगीता सुरु भएको हो ।
बैशाख १२ गतेसम्म चल्ने प्रतियोगीताको उद्घाटन पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले गरेका हुन् । पर्सा जिल्ला बुद्धिचाल संघका अध्यक्ष अजय कुर्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगीताका चिफ आर्बिटर एंव नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय सदस्य रामकिशोर सिंह परागले प्रतियोगीताको प्रक्रियाका बारेमा प्रकाश पारेका थिए ।

प्रतियोगीतामा देशैभरबाट ६१ जना छात्र र १४ जना छात्राले सहभागीता जनाएका छन् ।सहभागीलाई विभिन्न उमेर समूहमा विभाजन गरिएको छ । १० वर्ष मुनी, १४ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगीता सञ्चालन भइरहेको चिफ आर्बिटर परागले बताए ।

उनका अनुसार प्रतियोगितामा १० वर्ष मुनिको खेलमा १० जना सहभागी छन् । १४ वर्ष मुनीको खेलमा २९ जना सहभागी छन् भने १८ वर्ष मुनीको खेलमा २२ जनाले भाग लिएका छन् । छात्रातर्फ १४ जना प्रतिस्पर्धी छन् ।

उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >