वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
bike-acci

वीरगन्ज,१३बैशाख : वीरगन्जमा बिहीबार बिहान तिब्र गतिमारहेका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किर भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियाका २५ बर्षिय अर्जुन पटेल रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियामा बिहीबार बिहान सिर्सियाबाट ड्राइपोर्ट तर्फ जाँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदाँ ना ३१ प ३८३५ नम्बरको मोटरसाइलकका चालक पटेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पटेलको वीरगन्ज हेल्थकेयर हस्पिटलमामा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।

उक्त दुर्घटनामा ना १८ प ९८१६ नम्बरको मोटरसाइकलका चालक मौजे सिर्सियाकै १५ बर्षिय कन्हैया चर्तुवेदी, २० बर्षिय आकाश पटेल र १५ बर्षिय सामा पटेल घाइते भएका छन् । घाइते तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनिहरु अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको उनले जनाए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >