१०७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaja-sahit-pakrau-1024x576-1-960x540

वीरगन्ज । महोत्तरीबाट १ सय ७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादव रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो औरही नगरपालिका ८ टिम्कियाबाट बी.आर.३० ए.एच.२३८८ को भारतीय नम्बरप्लेटको कारलाई रोकेर चेकजाँचको क्रममा उक्त परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मराज मुडभरीले जानकारी दिए ।

उनका अनुसार कारको डिकीमा लुकाएर लैजाँदै गरेको अवस्थामा २० वटा पोकामा रहेको १०७ किलो ४८५ ग्राम गाँजा बरामद भएको हो ।

गाँजासहित कार र चालक यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >