पर्सा प्रहरीले एक करोड ३९ लाख १३ हजार चार सय ४२ रुपैयाँ बराबरको सामानहरू लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएकोे छ ।
वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित सडकखण्डबाट प्रदेश २–०३–००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रक प्रहरीले जाँच गरेको थियो ।
जाँचको क्रममा उक्त ट्रकमा लोड रहेको कपडा,औषधी तथा खुद्रा सामानहरू बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
यस्तै वीरगञ्ज महानगरपालिका–१६ बाट एक लाख चौवन हजार छ सय बराबरको कालो सखड,काउली बदाम र ईनो लगायतका सामानहरू बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

