चितवनको स्कुल बसमा आगजनी गर्ने एक जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75

चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरमा रहेको स्मल हेवन स्कुलको बसमा आगजनी गर्ने एक जना पक्राउ परेका छन् ।

प्रहरीले महेश महाविर भनिने विश्वनाथ चौधरीलाई पक्राउ गरेको हो । गत बैशाख ३० गते बिहान सवा ८ मा स्मल हेवन स्कुलको बागमति प्रदेश ०६-००१ क ००४५ नंको स्कुल बसमा अज्ञात समूहले आगजनी गरेको थियाे ।

चौधरीले भरतपुर महानगरपालिका–२० दद्रहानी पुलमा विद्यार्थी लिन हिँडेको बस रोकेर पेट्रोल बम प्रहार गरी आगो लगाइदिएका थिए । आगलागीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

चौधरीको नेतृत्वमा रहेका आपराधिक समुहले बसमा आगो लगाएको एकिन भएपछि सो समुहको खोजतलास गर्दै जाने क्रममा चौधरीलाई शुक्रबार दिउँसो ३ बजे शोसीबाट पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।आपराधिक कार्य गर्दै आउने क्रममा चौधरी र उनको नेतृत्वमा रहेको ५/६ जनाको समुहले बसमा आगो लगाएको खुलेको छ । घटनामा संलग्न अन्य व्यक्तिकाे खाेजी भइरहेकाे छ ।

उनलाई चितवन जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि चौधरी विभिन्न अपराधिक गतिविधिमा जोडिँदै आएका थिए । गत माघ २८ मा ज्योतिनगर स्थित रहेको सुर्योदय वोमी लघुबित्त संस्था लिमिटेडको कार्यालयमा माक्स लगाई मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले कार्यालयका कर्मचारीहरुलाई धम्की दिई पेट्रोल जस्तो पदार्थ रहेको २ वटा सिसाको बोतल प्रहार गरी कार्यालयमा आगजनी गराएर भागेका थिए ।

उक्त घटनाकोप्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न चौधरी रहेको खुल्न आएको थियो ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >