सशस्त्र प्रहरी पर्साद्वारा करिब १८ लाख बराबरको भन्सार छलिका सामान बरामद।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240617_064100-scaled

सशस्त्र प्रहरी पर्साले रु.१७ लाख ८९ हजार १ सय ५५ बराबरको भन्सार छलिका विभिन्न सामान बरामद गरेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको रु.११ लाख५७ हजार ७५ बराबरको किराना सामान, कस्मेटिक, कपडा, मोटरपार्टस तथा हार्डवयरका सामानहरु बिरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट वरपरको ईलाकाबाट असार २ गते बरामद गरेको छ।

डिएसपी रिजाल कै कमान्डमा सशस्त्र प्रहरीले असार २ गते बिरगंज  -८ लिङ्क रोडमा रहेको वी. एण्ड अरबिन्द ईन्टरप्राईजेजको गोदाममा छापामारी गरि ५ लाख बराबरको अबैध रुपमा भन्सार छलि भण्डारण गरि राखेको हार्डवयरका सामानहरु पक्राउ गरेको छ।

नियन्त्रणमा लिएको समानहरु आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

त्यस्तै , बीरगंज -१ छपकैयाबाट बि.ओ.पि. सिर्सियाबाट खटिगएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको रु.१लाख ३२ हजार ८० बराबरको कपडा र चप्पल नियन्त्रणमा लिई भन्सार बुझाईएको डिएसपी सिंहले जनाए।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >