पारिवारिक रिसिबी तथा जग्गा विवादले भतिज र ज्वाइँको योजनामा रामएकवाल एवं सुरेशको हत्या

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Pakrau-Final-1140x570

वीरगंज (पर्सा), १९ असार । आफ्नै काकाको हत्या आरोपमा पर्सा प्रहरीले भतिजो सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ५ निवासी ३३ बर्षीय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी ३२ बर्षीय सन्तोष प्रसाद कुम्हार र सोही ठाउँ बस्ने ४५ बर्षीय महादेव महतो नुनिया रहेका छन् ।

२३ दिन अघि पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.१ बिसुनपूर्वा टोलस्थित ओरिया खोलाको किनारमा मृत अवस्थामा दुईवटा शव फेला परेको थियो । बाराकै कलैया उप-महानगरपालिका वडा नं. ५ पर्सा टोल निवासी ५५ वर्षीय रामएकवाल पण्डित कुम्हाल र बाराकै आदर्शकोतवाल गाउँपालिका वडा नं.५ निवासी ३४ बर्षिय सुरेश ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको थियो । बरामद भएको शवहरुको पोस्टमार्टम सोही दिन वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको थियो ।

नेपाल भारत सिमानाको दशगजा भन्दा ८० मिटर नेपालको सरहदभित्र (सिमा पिलर ५/४५१ नं.) उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा गाडिएको अवस्थामा फेला परेको दुर्घन्धित दुई वटा शवको मृत्युको कारणबारे प्रहरी अनुसन्धान गर्दै जाँदा आफन्तबाटै हत्या भएको खुलेको हो । अनुसन्धानको क्रममा पक्राउ परेका लक्ष्मण कुमार प्रजापति मृतक रामएकवालका भतिज हुन् भने सन्तोष प्रसाद कुम्हार ज्वाई रहेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले जानकारी दिए । पक्राउ परेका तीन जनासहितको समुहले यही जेठ २९ गते दुबैजनाको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए । मृतकहरुको साथमा भएकै गाम्छाले घाँटी बाँधेर हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरिया खोला तटमा शव गाडेको प्रहरी उपरीक्षक ढुँगेलले बताए ।

अनुसन्धानको क्रममा प्राविधिक विश्लेषण तथा सुक्ष्म अनुसन्धान गर्दा पारिवारिक रिसिबी तथा जग्गाको विवादको बिषयलाई लिएर योजनावद्ध तरिकाले हत्या भएको उनको भनाई छ । मृतकहरुलाई झारफुक एवं धामी झाँक्रीको काम रहेको भन्ने बिश्वासमा बोलाएर दुबै जनाको हत्या गरिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार मृतक रामएकबालको नातामा भतिजो पर्ने लक्ष्मण र ज्वाइ पर्ने संतोष कुमारको योजनामा दुबै जनाको हत्या भएको हो । दुबै जनाले केही व्यक्तिलाई सुपाडी दिएर मार्न लगाएको प्रहरीको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक ढुँगेलले बताए । उनका अनुसार ८ लाखको सुपाडीमा दुबै जनाको हत्या भएको हो, त्यसमध्ये ४ लाख लक्ष्मणले र ४ लाख सन्तोषले पैसा दिएको बताए ।

घटनास्थलमा बरामद कागजात र अन्य प्राविधिक विश्लेषण अनुसार प्रहरीले मुख्य योजनाकारसहित तीनै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान भईसकेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >