५ लाख ८२ हजार रकम स्रोत नखुलेको बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीले बरामद गरियो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-07-14 at 22.57.42_3161e337

सशस्त्र प्रहरी बल बारा बिओपी बरैनियाले स्रोत नखुलेको रकम ५ लाख ८२ हजार ५ सय नेपाली रुपैया सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको  छ्।

असार २९ गते राति १०:३० बजेको समयमा बाराको बिश्रामपुर गाउँ पालिका-४ बलिरामपुर पोखरी नेपाल भारत सीमा ईलाकामा बिओपी बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलीले प्रदेश २-०३०१८ प ८१२० नंम्बरको २२० पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार भारत बिहार मोतिहारी पुर्वी चम्पारण रक्सौल १२ लोहारपट्टी टोलमा बस्ने भारतिय नागरिक बर्ष ४६ को मनोज कुमार सिंहलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

निजको साथबाट स्रोत नखुलेको १ हजारको ३१७ थान नेपाली नोट र ५०० को ५३१ थान नेपाली नोट जम्मा गरि ५ लाख ८२ हजार ५ सय नेपाली रुपैया बरामद भएको बिओपी बरैनियाले जानकारी गराएको छ।

सो रकम तथा मुल्य रु.३ लाख बराबरको मोटरसाइकलसहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको प्रकृयाअगाडि बढाईएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताएका छन् ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >