बारा प्रहरीले अबैध पाउडरको १० बोरा दूध बरामद गरेको छ ।
गत श्रावण १३ गते प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा गाईघाटबाट काठमाण्डौ तर्फ जादै गरेको बा. प्र.१–००६ ख ६२६२ नम्बरको यात्रू बाहक बसबाट सो दूध बरामद गरेको हो ।
बसलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध पाउडरको दुध दश बोरा बरामद गरेको हो ।
पाउडरको दूधको बिल भरपाई नभएको अन्दाजी एक लाख पचास हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
उक्त पाउडरको दूधलाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

