देशका ७५१ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट सार्वजनिक

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
madhesh-pradesh-1536x710

काठमाडौं । देशका ७५१ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट सार्वजनिक गरेका छन् ।

तर अन्य ४० वटा स्थानीय तहले भने बजेट पेश गर्न नसकेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सबै स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानूनी प्रावधान छ । यदि सो समयसम्म बजेट पेश नभए त्यसलाई अबैध मानिने मन्त्रालयका प्रवक्ता कमल भट्टराइले बताए ।

समयमा बजेट ल्याउन नसकेको स्थानीय तहका हकमा पछि महालेखा परिक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त बजेटको खर्चको वैधतामाथि प्रश्न उठाउन सक्ने भएकाले त्यसमा सम्बन्धित स्थानीय तह नै जवाफदेही हुनुपर्ने भट्टराइको तर्क छ ।

यी हुन् समयमा बजेट नल्याउने स्थानीय तहहरुः

१. माधवनारायण नगरपालिका

२. हरिवन नगरपालिका

३. हनुमान नगर नगरपालिका

४. राजविराज नगरपालिका

५. कमला नगरपालिका

६. मिथिला नगरपालिका

७. सिम्रौनगढ नगरपालिका

८. गढीमाइ नगरपालिका

९. हरिपुर्वा शहिद नगरपालिका

१०. त्रिपुराशुन्दरी नगरपालिका

११. आठराइ गाउँपालिका

१२. मेछ्यायम गाउँपालिका

१३. मिक्लाजुङ गाउँपालिका

१४. औराही गाउँपालिका

१५. धनौजी गाउँपालिका

१६. कालिकामाइ गाउँपालिका

१७. छिपहरमाइ धोविनी गाउँपालिका

१८. विन्दबासिनी गाउँपालिका

१९. सखुवा प्रसौनी गाउँपालिका

२०. आदर्श कोटवाल गाउँपालिका

२१. सोनमा गाउँपालिका

२२. दुर्गाभगवती गाउँपालिका

२३. यमुनामाइ गाउँपालिका

२४. रुपनी गाउँपालिका

२५. लक्ष्मीपुर पतारी गाउँपालिका

२६. विगु गाउँपालिका

२७. बागमती गाउँपालिका

२८. नौकुण्ड गाउँपालिका

२९. जलजला गाउँपालिका

३०. विरुवा गाउँपािलका

३१. मायादेवी गाउँपालिका

३२. कोटहीमाइ गाउँपालिका

३३. रोहिणी गाउँपालिका

३४. सम्मरीमाइ गाउँपालिका

३५. काइके गाउँपालिका

३६. खत्याड गाउँपालिका

३७. कुमाख गाउँपालिका

३८. अदानचुली गाउँपालिका

३९. कुश्मा नगरपालिका

४०. फलेवास नगरपालिका

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >