बिरगंज – १२ असोज । अविरल वर्षाका कारण नेपाल वायु सेवा निगमको टिकट लिएर उडान छुटेका यात्रुहरूलाई निःशुल्क टिकटको व्यवस्था गरिएको छ । काठमाडौँबाट २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण उडानहरू छुट्न गएका यात्रुहरूका लागि यो सुविधा लागु हुनेछ । प्रवक्ता रमेश पौडेलले ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले यथाशीघ्र निगमको कार्यालयमा सम्पर्क गरि सो सेवा लिन आह्वान समेत गरेका छन् ।
