हेलिकप्टर प्रयोग गरेर भए पनि राहत बाँड्नुस्: गृहमन्त्री

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Ramesh_Lekhak_Gl0RR0BsGy

गृहमन्त्री रमेश लेखकले हेलिकप्टर प्रयोग गरेर भए पनि खोज, उद्धार र राहत वितरण गर्न निर्देशन दिएका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। ‘विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर काम गर्नुपर्छ, ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्यांक छ र सरकारले दिने रु. दुई लाख राहत ३९ जनाले पाउनुभएको छ’, उनले भने, ‘बाँकी ६ जनाले पनि तत्कालै पाउनुहुन्छ।’

उनले अहिलेको संविधान कानुनले चार तहको संरचना तय गरेको भन्दै चारवटै विपद् व्यवस्थापनका संयन्त्र जोडिएर मिलेर काम गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले घर पूर्ण क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि प्रतिघर रु. ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको बताए।

उनले तथ्याङ्क उपलब्ध भएको तीन दिनभित्र रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए।

प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले विपद् क्षेत्र घोषणा भएका स्थानीय तहलाई सडक मर्मतमा ध्यान दिन आग्रह गरे।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >