भारतबाट अबैध रूपमा ल्याइँदै गरेको १० लाखभन्दा बढीको सामान र मोटरसाइकल बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20241017_205751-scaled

पर्सा, १ कार्तिक । पर्साको वीरगंज महानगरपालिका-१६ इनर्वा स्थित विभिन्न सीमा नाकाहरूमा खटिएको सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको विभिन्न प्रकारका सामानहरू र मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी टोलीले सार्वजनिक सवारी साधनमा लोड गरेर नेपाल ल्याइँदै गरेको करिब रु. ८ लाख ७० हजार ९ सय २५ बराबरको किराना, कपडा, कस्मेटिक, जुत्ता, मदिरा, मोटर पार्टस लगायतका सामानहरू नियन्त्रणमा लिएको हो। साथै, नेपालबाट भारततर्फ बिआर ०५ एन ७०३६ नम्बरको मोटरसाइकलमा लोड गरेर लगिँदै गरेको कस्तुरी मदिरा पनि बरामद गरिएको छ। बरामद मोटरसाइकलको भन्सार मूल्य रु. २ लाख  मूल्याङ्कन गरिएको छ।

कुल रु. १० लाख ७० हजार ९ सय २५ बराबरको सामानसहित मोटरसाइकललाई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >