बारा प्रहरीले ५३ लाख भन्दा बढीका अवैध सामानसहित ट्रक नियन्त्रणमा 

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20241022_220017-scaled

बारा प्रहरीले ५३ लाख भन्दा बढीका अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा  कार्तिक ५ गते राति करीब ९:३० बजे बाराको पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले ना ३ ख ४३६३ नम्बरको ट्रक रोकी चेकजाँच गरेको थियो। पर्साबाट झापा जाँदै गरेको उक्त ट्रकमा बिल बिजकभन्दा बढी सामान रहेको भेटिएको र ती सामानहरूको स्रोत खुलाउन नसकिएको जनाइएको छ।

प्रहरीले अन्दाजी ५३ लाख ५२ हजार ६ सय ३५ रुपैयाँ बराबरको ओखर, मोबिल, कुर्सी, जाली, इलोक्ट्रोनिक्स सामान, पिटामरी लगायतका अन्य खुद्रा सामान ट्रकमा लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको हो।

आवश्यक कारबाहीको लागि सामानसहित ट्रकलाई राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको जानकारी बारा प्रहरीका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले दिएका छन् ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >