पर्सा जिल्लामा लागुऔषधसहित एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20241023_091519

वीरगंज,७ कार्तिक । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १६ स्थित रजत जयन्ती चोकमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मातहतको ईनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेका पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा उक्त युवकलाई पक्राउ गरेको हो।पक्राउ पर्ने युवक भारत बिहार राज्यको पश्चिम चम्पारण जिल्ला, बेतिया, ढारौला पञ्चायत वार्ड नं ३ का २३ वर्षीय शाबा करीम साह रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरज चौलागाईंले जनाएका छन ।उनको साथबाट प्रहरीले विभिन्न प्रकारका १८० थान लागू औषध बरामद गरेको छ, जसमा ६० थान फेनारगन, ६० थान डाइजेपाम, र ६० थान नुरफिन रहेका छन्। पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >