गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रभु साहको माग

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
prabhu-sah-jee-768x455 (1)

बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गरेका छन् ।बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दिरमा आज आजपा जिल्ला कमिटीद्धारा आयोजित सर्वपक्षिय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो माग गरेका हुन् ।

‘विश्वमै गढीमाईको प्रसिद्धि छ । विश्वले गढीमाईलाई चिन्छ । विश्व प्रसिद्ध गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हामी सबैले पहल गर्न आवश्यक छ । सरकारले ऐतिहासिक, धार्मिक, पर्यटकीय नगरी गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने मेरो आग्रह छ’ आजपा अध्यक्ष साहले भने, ‘यसको पर्यटकीय, धार्मिक पूर्वाधार निर्माणमा कसैको चासो छैन् । हामी यसलाई एक विशाल र भव्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं । तर दुर्भाग्य सरकारको चासो नै छैन् ।’

विश्व प्रसिद्ध गढीमाईको पाँच बर्षीय मेला मंसिरमा लाग्दैछ । यसको तयारी स्थानीय तहमा तिब्ररुपमा भईरहेको छ । लाखौं भक्तश्रद्धालु आउने यस मेलाको व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रीय सरकार बुझेर पनि नबुझे जस्तो गर्नु दुखको बिषय भएको उनले बताए । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग `गढ़ीमाई मेलाको लागी तपाईको सरकारले के के गरेको छ ?’ भन्ने प्रश्न समेत गरेका छन् ।

केन्द्रीय सरकारका साथै मधेस प्रदेश सरकार समेत गढीमाईको विकास एंव मेलाका लागि बेखबर भएको टिप्पणी गरेका छन् ।

‘गढमाई पाँच बर्षमा लाग्ने गर्छ । लाखौं भक्तश्रद्धालु आउने गरेको हामी सानो उमेर हुँदादेखी नै देखिइरहेका छौं । तर केन्द्रीय सरकार यहाँ लगानी नगर्नु, पर्यटन मन्त्रालयले यसको बिकास, मेला व्यवस्थापनमा कुनै चासो नदिनु, ध्यान नदिनु मधेसका लागि दुर्भाग्य नै हो’ साहले भने, ‘वर्तमान सरकार गढीमाईको बिकास चाहेको छैन् । उ केवल राज्यको ढुकुटी लुटने खेलमा लागेको छ । म प्रधानमन्त्रीजीसंग आग्रह गर्न चाहन्छु तपाई मधेसको बिकास चाहेको हो भने गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्नुस्, काम गर्नुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओली मधेसको बिकास कहिल्यै नचाहेको बताउदै उनले गढीमाई मन्दिर मधेसमा भएकै कारण सरकारले कुनै चासो नदिएको आरोप उनले लगाए । गढीमाई मन्दिरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले पहल गर्ने बताउदै उनले महागढीमाई नगरपालिकालाई एक धार्मिक, सांस्कृतिक शहरको रुपमा बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले आफू शहरी बिकास मन्त्री भएको बेला गढीमाईको नगरी महागढीमाईलाई स्मार्ट शहरको रुपमा विकासका लागि छनौट गरी बिभिन्न योजनाहरु राखेको स्मरण गरे ।

आजपा जिल्ला कमिटी बाराद्धारा आयोजित सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षहरू अशोक लामा, बिल्टू यादव महासचिब त्रिभुवन साह, उपमहासचिब चन्द्रभुषण साह तथा नगरप्रमुख उपेन्द्र यादव, गढ़ीमाई ट्रस्टको अध्यक्ष रामचन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >