पर्साको बहुदरमाई नगरपालिकामा किशोरीको शव बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
sab

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकामा एक जना किशोरीको शव बरामद भएको छ । नगरपालिकाको वडा नम्बर ८ रामनगरीबाट एक जना किशोरीको शव बरामद भएको हो ।

मृत भेटिनेमा स्थानीय रामबाबु सहनीकी १७ वर्षीया छोरी निजिमा कुमारी सहनी रहेकी पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । रामनगरीस्थित बजारको पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको प्रहरी बताउँछ ।

शनिबार बिहान पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनाको प्रकृति मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागी वीरगन्जको नारायणी अस्पतालमा पठाएको जनाएको छ ।

यसबारेमा आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो । प्रहरीका अनुसार मृत भेटिएकी किशोरी दुइ दिनदेखि सम्पर्कविहिन रहेकी थिइन् ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >