१४ लाख विद्यार्थीलाई एकैपटक परीक्षाको मौका

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
National-Examination-Board---NEB

बिरगंज : रााष्ट्रिय परीक्षा बोर्डले ११ र १२ को विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना
परीक्षार्थीलाई मौका परीक्षा व्यवस्था गर्ने भएको छ।

बोर्डको यो व्यवस्था अनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षामा बस्न पाउने भएका छन्। 

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका यस्तो परीक्षामा सहभागी हुन पाउने छन्। यो २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या १४ लाख रहेको बोर्डको अनुमान छ।

मौका परीक्षामा सहभागी हुन फाराम भर्नेको सङ्ख्या हेरेपछि उनीहरूलाई कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरिने परीक्षा नियन्त्रक शर्माले बताउनुभयो । १४ लाखैले मौका परीक्षामा सहभागी हुन फाराम भरे भने चरणबद्ध रूपमा परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। 

राष्ट्रिय परीक्षा बोर्ड (तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्) ले २०५२ सालदेखि कक्षा ११ को पढाइ सुरु गरेको थियो। सुरुवाती तीन वर्षसम्म त्रिभुवन विश्वविद्यालयको तत्कालीन प्रवीणता प्रमाणपत्र तह प्रथम वर्ष र द्वितीय वर्षको पाठ्यव्रmममा आधारित भएर कक्षा ११ र १२ को पढाइ सञ्चालन गरिएको थियो। तत्कालीन परिषद्ले २०५६ सालदेखि भने आफ्नै पाठ्यव्रmमबाट कक्षा ११ र १२ को पढाइ सञ्चालन गरेको थियो। परीक्षा नियन्त्रक शर्माका अनुसार पहिलो चरणमा बोर्ड आफूले बनाएको पाठ्यक्रम अनुसार पढेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिइएको हो।

२०५२ देखि २०५५ सालसम्मका विद्यार्थीले पनि मौका परीक्षा माग गरेर आए भने फेरि निर्णय गरेर मौका परीक्षा व्यवस्था गरिने परीक्षा नियन्त्रक शर्माले बताए।  बोर्डका अनुसार विगतमा परीक्षा दिएर अनुत्तीर्ण भएका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थी आउने वैशाखमा हुने परीक्षामा सहभागी हुन पाउने छन्। यस्ता विद्यार्थीलाई मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न अनुरोध गरेको छ।

कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकको मौका दिइने छ।

मौका परीक्षामा बस्न चाहने परीक्षार्थीले हरेक कक्षाको एक हजार रुपैयाँ परीक्षा शुल्क तिर्नुपर्ने हुन्छ। कक्षा ११ र १२ दुवैको परीक्षा दिने हो भने दुई हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। त्यस्तै प्रयोगात्मक विषय मात्र बाँकी छ भने एक हजार तिर्नुपर्नेछ। 

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >