चार महिनामा इन्स्पेक्टरसहित ५१९ प्रहरी कारबाहीमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
police2024-11-06-09-47-42

चार महिनाको अवधिमा ५१९ जना प्रहरी विभागीय कारबाहीमा परेका छन्। चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा इन्स्पेक्टरसहितका प्रहरी कारबाहीमा परेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार एक इन्स्पेक्टर, एक वरिष्ठ सइ, १५ सइ, ३८ असइ, १६ वरिष्ठ हवल्दार, ९९ प्रहरी हवल्दार, १०७ सहायक हवल्दार, २२९ प्रहरी जवान र चारजना कार्यालय सहयोगीमाथि विभागीय कारबाही भएको छ । 

यो अवधिमा दुई डिआइजीसहित तीन हजार ९७ जना प्रहरी पुरस्कृत भएको प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘आन्तरिक सुदृढीकरणलाई संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको छ । प्रहरी कर्मचारीहरूविरुद्ध पर्ने उजुरीलाई कसुरको गम्भीरताको आधारमा विभागीय कारबाहीको दायरामा ल्याइएको छ,’ प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । 

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >