तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थाल्यो : जनजीवन प्रभावित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
fog-terai_18N57EfIlg

तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थालेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले तराई मधेसका धेरै ठाउँ र काठमाण्डौ उपत्यकाको केही ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको कुहिरो केहीबेरमा हटेर दिउँसो घाम लाग्दै जाने तर तराईमा अबेरसम्म रहने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

कुहिरोसँगै चिसो स्याँठ पनि चल्न थालेको तराईका क्षेत्रमा स्थानियवासीको दैनिकीमा समस्या हुन थालेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महराले केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताउनुभयो ।

चिसोले चौपाया, पशुपन्क्षी तथा बालीनालीलाई पनि असर पुर्‍याएको छ । चिसोकै कारण अस्पतालमा बिरामीको सङ्ख्यामा बढ्न थालेको छ ।

चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित हुने भएकाले ख्याल गर्नुपर्ने डा.रवीन्द्र साहले बताउनुभयो । तराईमा चिसोसँगै शीतलहरबाट विगतमा कतिपयले ज्यान गुमाउने गरेका थिए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यसवर्ष अहिलेसम्म आधिकारिक रुपमा शीतलहर चलिसकेको पुष्टि गरेको छैन ।

आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >