पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. २० हरपतगञ्ज चोक नजिकबाट ५० केजी गाँजासहित ४ जनालाई पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा मिति २०८१ साल पुष २३ गते राति करिब ९:३० बजे प्रहरीले कुलोको बाटो हुँदै गाँजा बोक्दै गरेका चार जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकाहरूको नाम र ठेगाना यस प्रकार रहेको छःपारस यादव (४० वर्ष), बिश्रामपुर, बहुदरमाई न.पा. वडा नं. १२. मैनादिन मियाँ (५२ वर्ष), बिश्रामपुर, बहुदरमाई न.पा. वडा नं. १३. अकवर मियाँ (३६ वर्ष), तिनटोलिया, बहुदरमाई न.पा. वडा नं. ७४. शिव महतो (४५ वर्ष), छप्कैया, बहुदरमाई न.पा. वडा नं. ७ प्रहरीले उनीहरूको साथबाट प्लास्टिकको बोरा भित्र रातो प्लास्टिकले बेरेर राखिएको गाँजा ४ पोकामा करिब ५० केजी बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।