खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताए

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pradip-yadap-ban-mantri2022-09-08-10-16-38

११ चैत, । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले महिलाहरू कमजोर नभएको बताए ।महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने मन्त्री यादवको जिकिर थियो ।

‘महिलाहरू कमजोर छैन । किन छैन भने हाम्रो मुलुकको सबैभन्दा महत्त्वपूर्ण पद, सबैभन्दा ठूलो पोस्ट, राष्ट्रपति महिलाले चलाएको छ,’ मन्त्री यादवले भने, ‘विद्यादेवी भण्डारीज्यूले त मुलुकलाई राष्ट्राध्यक्षको रुमपा चलाउनु भयो । निश्चित रुपमा यो देशले राष्ट्रपति जस्तो महत्त्वपूर्ण पद महिलाले चलाएको छ । प्रतिनिधि सभाको सभामुख पनि महिलाले चलाएको छ । कर्मचारीको मुख्यसचिव पनि महिलाले हाँकेको छ । अवसर दिनुस् न । अवसर दियो भने प्रधानमन्त्री पनि सबैभन्दा राम्रो महिलाले चलाउँछ ।’नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसकेको भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको बताए । खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गरे ।

‘लोकसभामा अनिवार्य रुपमा महिलाको कोटा छुट्याएको छ भारतमा । खानेपानी उपभोक्ता महासंघमा अध्यक्षज्युलाई आग्रह गर्दछु, ४२ हजार उपभोक्ता छ, २१ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्छ भनेर निर्णय गर्नुस् । महिला आउँछ कि आउँदैन, भनेर हुन्छ, निर्णय गर्नुस् न,’ उनले भने ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >