प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द देखिएपछि विद्युत कार्यालयमा तोडफोड, प्रमुख कुटिए

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1742893625_Untitled-4-1200x560

भरतपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्दहरू देखिएपछि एक समूहले कार्यालयमा प्रवेश गरी केन्द्र प्रमुखमाथि कुटपिट गर्नुका साथै तोडफोड गरेका छन्।

मंगलबार बिहान करिब १० बजे ३५-४० जनाको समूह कार्यालयमा प्रवेश गरी वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठलाई कार्यकक्षमै कुटपिट गरेको प्राधिकरणले विज्ञप्ति जारी गर्दै जनाएको छ। सो क्रममा आक्रमणकारीहरूले कम्प्युटर, टेबललगायतका सामग्री तोडफोड गरेका थिए।

सोमबार दिउँसो करिब एक घण्टा प्राधिकरणको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री ओलीमाथि आपत्तिजनक शब्दहरू प्रक्षेपण भएपछि विवाद उत्पन्न भएको थियो। यसै विषयमा युवा संघ र अनेरास्ववियूको टोली मंगलबार ध्यानाकर्षण पत्र बुझाउन कार्यालय पुगेका थिए।

भरतपुर वितरण केन्द्रले घटनाको कडा निन्दा गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ, ‘’प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिविरुद्ध गरिएको अपशब्द संविधान र कानुन विपरीत हो। घटनामा संलग्न व्यक्तिहरूलाई साइबर अपराध ऐन तथा प्रचलित कानुनअनुसार कडा कारबाही होस्।‘’

प्राधिकरणले डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीलाई गालीगलौज लेखिएको घटनालाई आपत्तिजनक र गैरकानुनी भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेको छ।

विद्युत प्राधिकरण परिवारले सार्वजनिक अपिल जारी गर्दै कार्यालयभित्र तोडफोड र आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै, कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको भन्दै तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >